तपाईँ सुन्दै हुनुहुन्छः

भूमिहीनहरूको आवासको अधिकार सुनिश्चित नभएसम्म मुलुकमा दिगो विकास नहुने

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग, मानव अधिकार समूह कोशीको आयोजना र गाउँपालिकाको समन्वयमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि भूमि सम्बन्धी समाधान आयोगका सुनसरी अध्यक्ष खेमराज पोखरेलले बोल्नुहुँदै भूमिहीन र बाढीपीडितहरूको आवासको अधिकार सुनिश्चित नभएसम्म मुलुकमा दिगो विकास हुन नसक्ने बताउनुभयो ।

पोखरेलले सुकुम्वासी समस्या, अव्यवस्थित बसोबास र विगतका आयोगले गरेको काममा बाँकी रहेको कार्य आफूहरूले छिटोभन्दा छिटो गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

कोशी बाढीपीडित र भूमिहीनहरूको आवासको अधिकार सुनिश्चित गर्न तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न सरोकारवाला निकाय, स्थानीय तहसँग समन्वय गर्दै काम गरिने पोखरेलले बताउनुभयो ।

कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष एवं अन्सारीले आयोगको काममा आफूहरूको सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, वडा नं. १ का अध्यक्ष राजकुमार साह, वाड नं. ४ का वडा अध्यक्ष अमिन नेपाली मियाँ, वडा नंं ६ का वडा सदस्य चन्द्रीदेवी सदा लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण इन्सेक सुनसरीका सहजकर्ता जयकृष्ण यादवले गर्नु भएको थियो भने अध्यक्षता समूहका राजकुमार शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button