आपसी विवादमा श्रीमतीको हत्या
दोलखा । दोलखाको लापिलाङमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
शनिवार बिहान करिब साँढे दुई बजे आपसी विवादमा कालिन्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङ आग्रालयका २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरी २१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।
हत्याको खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरीक्षक अञ्जन कोइरालाको नेतृत्वमा गएको टोलीले आरोपी हिमाल थामीलाई कालिन्चोक गाउँपालिकाकै वडा नम्बर ७ सिसागोलाईबाट पक्राउ गरेको थियो ।
आरोपी हिमालको पहिलो श्रीमतीले तीन वर्ष अघि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आरोपीको पहिलो श्रीमती पट्टीबाट चार वर्ष र मृतक सुनिताका तर्फबाट १३ महिनाको छोरा छन् ।








प्रतिक्रिया राख्नुहोस्