तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट १ सय ३३ जना निको, ५७ जनामा संक्रमण पुष्टि

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज १ सय ३३ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको छ ।

हालसम्म कूल संक्रमित मध्ये ९८ दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर १ हजार ९ सय वटा नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ ।

देशभर रहेका १ हजार ६ सय ३१ सक्रिय संक्रमित मध्ये ५६ जनाको आइसियु र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button