मोटरसाइकलको ठक्करबाट एक जना मृत्यु
कञ्चनपुर ।कञ्चनपुरको पुनर्वासमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । शुक्रबार साँझ पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरवस्तीमा पैदल सवार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ आइ गाउँ बस्ने ७० वर्षीया वृद्धा झ्यारु भण्डारीलाई विपरित दिशाबाट सवार मोटरसाइकलले ठक्कर दिई घाइते बनाएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते वृद्धा झ्यारु भण्डारीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने १८ वर्षीय रिहान कुरेसी र म २ प ६४८९ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिनुभयो । मृतक वृद्धाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्