तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महिला लिगमा पुलिसको चौथो जित

काठमाडौँ । विभागीय टिम नेपाल पुलिसले राष्ट्रिय महिला लिगमा चौथो जित निकालेको छ । शुक्रवार भएको खेलमा पुलिसले चन्द्रपुरलाई तीन शून्य गोलले हरायो ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा पुलिसको जितमा सृजना खड्का, रेखा पौडेल र निर्मला विकले एक एक गोल गरे । पुलिसले जारी लिगमा चौथो जित हात पार्‍यो । यो जितसँगै पुलिसले नौ खेलमा १४ अङ्क बनाएको छ ।

उसले तेस्रो स्थानका वालिङसँग अङ्क बराबरी गरे पनि गोल अन्तरका आधारमा चौथो स्थानमा नै रहेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको चन्द्रपुरको जारी लिगमा सातौँ हार हो । उसको नौ खेलमा ६ अङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button