पुलिस क्लबको सहज जित
काठमाडौँ । विभागीय टिम नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ ।
मङ्गलवार भएको खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । एन्फा मैदानमा सातदोबाटोमा पुलिसलाई जित दिलाउन निरु थापाले दुई गोल गर्नुभयो । यस्तै निर्मला उपाध्यायको नाममा एक गोल रह्यो । यो जितसँगै पुलिसले विराटनगरविरुद्ध अघिल्लो खेलमा व्यहोरेको बदला समेत लिएको छ ।
यस अघिको भेटमा पुलिस विराटनगरसँग १–० ले पराजित भएको थियो । विराटनगरलाई हराएसँगै पुलिस लिगको चौथो स्थानमा उक्लिएको छ । पुलिसले ८ खेलमा ११ अङ्क जोडेको छ । विराटनगर ८ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्