तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफ क्लबको अपराजित यात्रा कायम

काठमाडौँ । एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रालाई कायम राखेको छ ।

अपराजित यात्रा कायम राख्ने क्रममा एपीएफले सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलले पराजित गरेको छ ।

एन्फा मैदान सातदोबाटोमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ८, अनिता बस्नेत र अनिता केसीले समान २–२ गोल गर्नुभयो । कप्तान अनु लामा र रबिना गोलेले नाममा एक एक गोल रह्यो । यससँगै शीर्ष स्थानको एपीएफले लिगमा लगातार सातौँ जित हात पारेको छ ।

एपीएफले ७ खेलमा २१ अङ्क जोडेको छ । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । चौदण्डीको यो लगातार सातौँ हार हो । चौदण्डी अङ्क विहीन रहँदै पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button