तपाईँ सुन्दै हुनुहुन्छः

विभागीय टिम नेपाल पुलिस क्लब पराजित

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब पराजित भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १–० गोल अन्तरले पराजित भएको हो । बलियो टिम पुलिसविरुद्ध वालिङलाई जित दिलाउन मेथो रुथले निर्णायक गोल गर्नुभयो । जीतसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

वालिङले ७ खेलमा ११ अङ्क जोडेको छ । पुलिस ८ अङ्क जोडेर पाँचौँ स्थानमा झरेको छ । पुलिसको यो लगातार दोस्रो र प्रतियोगिताको तेस्रो हार हो । यस अघिको खेलमा पुलिस विराटनगरसँग पराजित भएको थियो । यस्तै पुलिसले लिग अन्तर्गत नै पहिलो चरणको खेलमा वालिङसँग १–१ गोलको बराबरी खेलेको थियो ।

महिला लिग अन्तरगत सोमबार एक खेल हुनेछ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार एपीएफ र चौदण्डीगढी नगरपालिका भिड्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button