६ थान मोटरसाइकलसहित पाँच जना पक्राउ
जनकपुरधाम । धनुषा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई ६ थान मोटरसाइकलसहित पक्राउ गरेको छ ।
धनुषा जिल्लाको विभिन्न ठाउँबाट चोरी भएका विभिन्न कम्पनीको मोटरसाइकलसहित पक्राउ पर्नेहरूमा सिरहाको विष्णुपुर गाउँपालिका वडा नंं ३ का वर्ष २१ का रोहित कुमार यादव, सोही ठाउँका वडा नंं २ का प्रमोद कुमार यादव, मनोज कुमार यादव, सवैला नगरपालिका वडा नंं ३ पटेर्वाका वर्ष २० का अमरेन्द्र कुमार यादव तथा धनुषाको महेन्द्रनगर वडा नंं ३ का वर्ष २३ का जितेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जनकारी दिनुभयो ।
पक्राउ परेका मोटरसाइकल तथा चोरीमा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज सार्वजनिक गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्