तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई 

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले उचालेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिवार सम्पन्न फाइनलमा अर्को विभाग टिम एपीएफ क्लबलाई ३३ रनले हराउदैं आर्मीले चौथो संस्करणको उपाधि भित्र्याएको हो ।

त्रिभुवन आर्मीले उपाधिसँगै आर्मीले १० लाख प्राप्त गरेको छ भने उपविजेता बनेको एपीएफले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो ।

एपीएफले ४० ओभरपछि एकपछि अर्को गर्दै ३ विकेट गुमाएपछि आर्मीलाई उपाधि जित्न सहज भयो । एपीएफले ४ रन बनाउन ४ विकेट गुमायो ।

एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि जितका लागी पर्याप्त भएन ।

उसका सन्दीप जोराले २९ रन, शङ्कर रानाले २१ ,सुमित महर्जनले १९, सुवास खकुरेल १४ रनमा आउट भए ।

कप्तान शरद भेषवाकर सहित अविनाश बोहरा शून्य रनमा आउट हुँदा कमलसिंह ऐरी २, अमर रौटेला १ मा पवेलियन फर्किए ।

आर्मीका जितेन्द्र मुखिया, विक्रम सोब र शाहब आलमले ३–३ विकेट लिए भने सुशन भारीका नाममा १ विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको योगफल बनाएको थियो ।

आर्मीका हरि चौहानले सर्वाधिक ५८ रन बनाए भने राजेश पुलामीले २८, शाहब आलम २५, लोकेश बमले १५ रनको योगदान गरे ।

एपीएफका अविनाश बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए ।

सन २०१७ को प्रधानमन्त्री कपको उपाधि आर्मी र एपीएफलाई संयुक्त रुपमा प्रदान गरिएको थियो भने त्यसपछिका एक संस्करण नेपाल पुलिस र एपीएफले जितेका थिए ।

तस्वीरःक्रिकनेपाल डट कम

प्रतिक्रिया राख्नुहोस्

Back to top button