रेडियो नेपालकर्मी शर्मा अजिता स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

सल्यान। रेडियो नेपाल सल्यानका समाचारदाता दीपक शर्मा अजिता स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । शनिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको ५ औं साधारण सभामा शर्मा सम्मानित भएका हुन ।
विकास पत्रकारिता, खोजमुलक महिला बालबालिकासँग सम्बन्धित रिर्पोटिङ गर्दै आएका शर्मालाई पाँच हजार नगद सहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ ।२०७२ सालदेखि रेडियो नेपालमा जोडिएर काम गर्दै आइरहेका शर्मा विगत १३ वर्षदेखि पत्रकारितामा कलम चलाउँदै आइरहेका छन् ।
सल्यान शारदा नगरपालिका २ डाँडागाउँका सुरेश अधिकारी र कल्पना आचार्यले छोरीको स्मृतिमा ५० हजार राशीको अजिता स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्