तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा २ सय २६ मतदान केन्द्र रहने

पाल्पा। आगामी निर्वाचनमा २ सय २६ मतदान केन्द्र राख्न सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्युको अध्यक्षतामा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले निणर्य गरेको हो ।

बैठकमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लास्थित नगरपालिका तथा गाउँपालिकाका प्रमूख तथा अध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।बैठकले यस अगाडीका १ सय १८ मतदान स्थल तथा २ सय २६ मतदान केन्द्र कायम गर्न निर्बाचन आयोगलाई सिफारिस गर्ने निणर्य भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो ।

यस अगाडीका मतदानस्थल तथा मतदान केन्द्रको नाममा रहेको गाविस भवनको सट्टा वडा कार्यालय राखी अध्यावधिक गर्न अनुरोध गर्ने निणर्य समेत भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button