तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको बिहादी गाउँपालिकामा प्रसासनिक भवन शिलन्यास

पर्वत । पर्वतको बिहादी गाउँपालिकाको प्रसासनिक भवन बनाउन शिलन्यास गरिएको छ । गाउँपालिकाले आफ्नै स्वमित्वको भवन बनाउन आईतवार शिलन्यास गरिएको हो । गाउँपालिकाको भवनको अध्यक्ष कमलप्रसाद भुसालले शिलन्यास गनुभयो ।

भुसालले गाउँपालिकाको दिगो संरचना निर्माणको काम शुरु भएको बताउनुभयो । संघीयतालाई संस्थागत गर्न र सेवाग्राहीलाई सहज सुलभ रुपमा सेवा दिन कार्यालय आवश्यक ठानेर निर्माणको काम थालिएको भुसालले बताउनुभएको छ ।

गतवर्ष सम्म गाउँपालिकाको कार्यालय भाडाको घरमा थियो । गतवर्ष सभाहल बनाएको गाउँपालिका सोहि भवनमा सरेर चलाईरहेको छ । केहि विषयगत शाखाहरु अहिले पनि भाडाकै घरमा छन् । गाउँपालिकाको भवनको निर्माण आगामी वर्षको असोज सम्म सक्ने लक्ष्य रहेको प्रमुख प्रसाशकीय अधिकृत धु्रव दयालले जानकारी दिनुभयो ।

दयालका अनुसार ७ रोपनी जग्गामा बन्ने भवन १६ कोठोको हुनेछ । २ तले भवन साढे ४ करोडको लागतमा निर्माण गर्ने गरि ठेक्का लगाईएको हो । गाउँपालिकाको केन्द्र वहाकीठाँटीमा प्रसासनिक भवन निर्माण गर्न थालिएपछि केन्द्र कहाँ रहने भन्ने अन्यौल हटेको छ । जनप्रतिनिधीहरुले गाउँपालिकाको केन्द्र अपायक भएको भन्दै केन्द्र सार्ने कसरत गर्दै आएका थिए । गाउँपालिकाको भवन बनाउन शुरु भएपछि केन्द्रको बिबाद पनि हटेको गाउँपालिकाका अध्यक्ष भुसालले बताए । दिगो संरचनाको रुपमा रहेको प्रसासनिक भवन र वडाका भवन बनाएपछि संघीयता संस्थागत हुने जनप्रतिनिधीहरुले विश्वास छ ।

बिहादी गाउँपालिकाले ६ वटै वडा मध्ये चालु वर्ष वडा नम्बर २ बर्राचौर, वडा नम्बर ६ शालिग्राम, र वडा नम्बर ४ वहाकीठाँटीको भवन भवन बनाउन शुरु गरेको छ । वडा नम्बर १ को भवन बनाउन जग्गा खोजी भैरहेको प्रमुख प्रसाशकीय अधिकृत दयालले जानकारी दिनुभयो । वडा नम्बर ३ को भवन गतवर्ष निर्माण सम्पन्न भएको र वडा नम्वर ५ को पक्कि भवन रहेको हुनाले निर्माण गर्नुपर्ने अवस्थामा छैन । गाउँपालिकाले चालु वर्ष स्वास्थ्यचौकीका भवन पनि बनाउन शुरु गरेको छ ।

शालिग्राम स्वास्थ्यचौकी, वाच्छा स्वास्थ्यचौकी र उराम स्वास्थ्यचौकीको भवन बनाउन गाउँपालिकाले प्रस्ताव गरेको छ । विहादी २ वरौचौरमा १५ शैयाको अस्पताल निर्माणको काम शुरु भएको छ ।जिल्लाका सात स्थानीय तह मध्ये मोदी गाउँपालिकाले पनि भवन निर्माण गरिरहेको छ । चालु वर्ष पैयुँ गाउँपालिकाले पनि भवन बनाउन शुरु गर्ने जनाएको छ ।

कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले भवन बनाउने प्रस्ताव तयार पारि पूर्वाधार विकास विभागमा बजेटको माग गर्दै सिफारिस गरेका छन् । फलेवासको केन्द्र झकलाकमा सरेपछि यहाँ पनि भवन बनाउनुपर्ने भएको छ । महाशिला गाउँपालिकाको पनि प्रसासनिक भवन छैन । महाशिलाले भवन बनाउने योजना शुरु गरेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button