तपाईँ सुन्दै हुनुहुन्छः

खेल पर्यटनको गन्तव्य बन्दै पोखरा 

पोखरा । पर्यटकीय सहर पोखरा पछिल्ला वर्षहरूमा खेल पर्यटनको गन्तव्य समेत बन्दै गएको छ ।

वर्षभरि नै खेलकुद गतिविधि सञ्चालन हुने गरेपछि पोखरा खेल पर्यटनको गन्तव्य समेत बनेको हो ।

खेलकुदको उर्वर भूमिमा लामो समय प्रतियोगिता शून्य प्रायः रहेका अवस्थामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा पुगेपछि थप उत्साह छाएको हो ।

पोखरामा १९ वर्षदेखि निरन्तर आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुुरु भएपछि पोखरा कोभिडबाट सुरक्षित रहेको र अब खेलकुद गतिविधि अघि बढाउन सकिन्छ भन्ने माहौल सिर्जना भएको बताउनुभयो ।

आफूहरूलाई समेत आहा रारा गोल्डकपका लागि तयारीमा लाग्नुपर्दछ भन्ने सन्देश मिलेको उहाँको भनाइ छ ।

राष्ट्रिय टोलीका सिनियर खेलाडी बिराज महर्जन पोखरामा आरामदायी मैदान र वातावरणमा प्रशिक्षण गर्न पाउँदा सबै खेलाडीले रमाइलो महसुस गरेको बताए ।

नेपाली टोलीलाई प्रमुख प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराउनुभएको छ ।

राष्ट्रिय टोली आगामी माघ २१ गतेसम्म पोखरामा रहेर प्रशिक्षण गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button