तपाईँ सुन्दै हुनुहुन्छः

पुलिसको दोस्रो जित

काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले हरायो ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरका ४ विकेट गुमाएर ३१० रन बनायो ।
जवाफमा लुम्बिनी प्रदेशले ५० ओभरमा ७ विकेट गुमाउँदा दुई सय ३६ रनमा रोकियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button