तपाईँ सुन्दै हुनुहुन्छः

शितलहरका कारण कञ्चनपुरको जनजीवन प्रभावित

कञ्चनपुर । केही दिनयता कञ्चनपुरलगायत पश्चिम तराइका जिल्लाहरूमा चिसो बढेको छ ।

चिसो अत्यधिक बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि घाम लाग्दै आएको भए पनि कञ्चनपुरमा दुई दिनयता भने घाम देखिएको छैन । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने, शीतलहर चल्नेलगायत मौसम प्रतिकूल हुन थालेपछि दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थालेको छ ।

शीतलहरसँगै चिसो अत्यधिक बढ्दै गएपछि यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको हो । चिसोले सुकुम्वासी, मुक्त कमैया, बालबालिका र वृद्धवृद्धालगायत विपन्न वर्ग बढी समस्यामा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button