तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रधानमन्त्री ओलीद्धारा बधाइ

 

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गएराती औपचारिक कार्यभार सम्हाल्नु भएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीट मार्फत राष्ट्रपति बाइडेनलाई बधाई तथा शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले सफल कार्यकालको शुभकामना साथै बाइडेनको कार्यकालमा नेपाल र अमेरिका विचको सम्बन्ध थप प्रगाढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button