चितवनको भण्डारामा बस दुर्घटना : चालकको मृत्यु, १५ घाइते

चितवन । पुर्वी चितवनको राप्ती ५ भण्डारामा गएराति बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु भएको छ । ट्रक चालक गम्भीर घाइते भएका छन ।
काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख २१११ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक गएराति करिब साढे १० बजेको समयमा एक आपसमा ठोक्किएको हो ।
दुर्घटनाबाट ट्रक चालक सहित १५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाइ उपचारको लागि भरतपुरतर्फ पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्