तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारद्वारा ३ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलान्चोकको पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष दिनेश अधिकारी र कृषि उपज बजारको लेखापरीक्षण प्रतिवेदन एच.के. अधिकारी एण्ड एसोसियट्सका सञ्चालक केशव अधिकारी मिलेर समितिको खातामा भएको जम्मा रकम १४ लाख ४४ हजारमध्ये १४ लाख ३८ हजार आफूखुशी खर्च गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ४ तामाघाटस्थित मसला बाली विकास केन्द्रको स्वामित्वमा रहेको करिब ७ रोपनी जमिनमा बजार विकास निर्देशनालय हरिहरभवन, ललितपुरले कृषि उपज बजार सञ्चालन गर्न उपलब्ध गराएकोमा वर्षौदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाई सरकारी सम्पत्तिको हिनामिना गरी व्यक्तिगत फाइदा लिने कार्य गरेको भनी उनीहरुविरुद्ध उजुरी परेको थियो ।

आयोगको अनुसन्धानका क्रममा अध्यक्ष श्र्रेष्ठसहित ३ जनाको मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको पाइएकाले निजमाथि जनही १४ लाख ३८ हजार ५ सय विगो असुलउपर गर्न माग दाबी लिई आज विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button