मोटरसाइकल दुर्घटनामा परी घाइते भएका वडा सदस्य गुरुङको उपचारका क्रममा निधन

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा सदस्य पृथ्वी गुरुङको निधन भएको छ ।
दुई साता अघि दाङको गोरुसिङ्गेमा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका गुरुङको उपचारका क्रममा शुक्रवार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पुनर्वास नगरपालिका वडा नम्बर ६ बाट उहाँ वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्