सवारी दुर्घटनामा दुईको मृत्यु
भद्रपुर, झापा। माघे संक्रान्तिमा इलामको कन्याम घुमेर फर्किने क्रममा सवारी दुर्घटनामा परी झापामा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेची राजमार्गअन्तरगत बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा–७ मिलनडाँडा निवासी २१ वर्षीय कमल चौधरी र सोही मोटरसाइकलमा रहेकी २० वर्षीया हेमा महतको मृत्यु भएको हो ।
प्रहरीका अनुसार इलामबाट झापा झर्दै गरेको मे ७ प ९४६२ नम्बरको मोटरसाइकललाई मे १ ज २०९३ नम्बरको सुमोले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भी र घाइते दुबैलाई उपचारका लागि बिएण्डी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मुत्यु भएको बताइएको छ ।
दुवै जनाको मृत्युले अहिले सिङ्गो गाउँ नै शोकमग्न बनेको छ ।






प्रतिक्रिया राख्नुहोस्