राजनले जिते ऋषिङ्ग म्याराथुनको उपाधि
तनहुँ । तनहुँको ऋषिङ्ग गाउँपालिकाले सोमबार आयोजना गरेको प्रथम ऋषिङ्ग म्याराथुनमा जुम्लाका राजन रोकाया प्रथम हुनुभएको छ । म्याराथुनको ४२ किलोमिटरको दुरी रोकायाले २ घण्टा ५१ मिनेट २६ सेकेन्डमा टुङ्याउदै उपाधि जित्न सफल भएका हुनुभएको हो ।
तनहुँको ऐतिहासिक क्षेत्रको रुपमा रहेको ऋषिङलाई प्रचार प्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आयोजना गरिएको दौड प्रतियोगितामा डोटीका नवराज साउद द्धितीय र सोलुबुम्वुका सुमन कुलुङ्ग राई तृतीय हुन सफल हुनुभएको छ । कालिकोटका देवराज महतराले चतुर्थ स्थान प्राप्त गर्नुभयो ।
उहाँहरुले क्रमशः दुई घण्टा ५१ मिनेट ५० सेकेण्ड, २ घण्टा ५७ मिनेट ५० सेकेण्ड र ३ घण्टा २ मिनेट ३५ सेकेण्डमा म्याराथुनका दुरी पार गर्नुभएको थियो ।
ऋषिङ्ग गाउँपालिकाको आयोजनामा गरिएको प्रतियोगितका विजेता धावकहरुले क्रमश ः ६० हजार, ४० हजार, २५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा उपाधिमाथि कब्जा जमाउन सफल रोकाया र द्धितीय भएका साउद त्रिभुवन आर्मी क्लबमा आवद्ध हुनुहुन्छ ।
प्रतियोगितामा देशका विभिन्न स्थानबाट १ सय २५ जनाको सहभागिता थियो ।
यस्तै ऋषिङ्ग गाउँपालिकाका स्थानीयलाई सहभागी गराएर आयोजना गरिएको १० किलोमिटर दुरीको दौड प्रतियोगितामा वडा न ७ का पदमबहादुर थापा प्रथम, वडा न ८ का विजय आले द्धितीय, वडा न ५ का मेषबहादुर कुमाल तृतीय र सोही वडाका श्रीराम सिग्देल सात्वना हुन सफल भएका छन् । प्रतियोगिताका विजेताहरुले १५ हजार १० हजार, ५ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।
स्थानीय महिलालाई लक्षित गरिएको दौडमा सिता रानाभाट प्रथम, यमुना थापा द्धितीय, सुस्मिता रानाभाट तृतीय र अनिता रानाभाट सात्वना हुन सफल हुनुभएको गाउँपालिकाका सुचना अधिकारी मधु अधिकारीले जनाउनुभयो । विजेताहरुले क्रमशः १० हजार, ८ हजार, ५ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्