कोहलपुर ओपन क्रिकेटको उपाधि बिबी वारियर्स नेपालगन्जलाई
बाँके । बाँकेको कोहलपुरमा सम्पन्न कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ ।
शनिबार कोहलपुरमा सम्पन्न फाइनलमा बिबी वारियर्सले आयोजक टोली कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गदैं उपाधि हात पारेको हो ।
कोहलपुरले दिएको ९४ रनको सामान्य लक्ष्य बिबी वारियर्सले १५ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
वारियर्सका अमर सिंह रौटेलाले २९ रन, सुनिल भण्डारीले २६ र विजय चौधरीले १३ रन बनाउदै जित सहज बनाए ।
कोहलपुर एकेडेमीका रुपेश कुर्मीले २ तथा अजय शहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले समान १–१ विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिंग गरेको कोहलपुर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो ।
कोहलपुका सन्दिप नेपालीले ३१, शेर बहादुर ओलीले १४ तथा रमेश सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
उपाधि सहित बिबी वारियर्सले ५० हजार रुपैयाँ हात पारेको छ भने उपविजेता कोहलपुर क्रिकेट एकेडेमीले २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्