तपाईँ सुन्दै हुनुहुन्छः

चितवन क्रिकेट एसोसियसनलाई उपाधि

काठमाडौं । चितवन क्रिकेट एसोसियसनले वागमती प्रदेश क्रिकेट टिम छनोट खेलको उपाधि जितेको छ ।

मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा काठमाडौं जिल्लालाई १ सय ९३ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । चितवनले दिएको २ सय ६१ रनको लक्ष्य पछ्याएको काठमाडौं २५ ओभर ४ बलमा अलआउट हुँदै ६७ रनमा समेटियो ।

पहिले ब्याटिङ गरेको चितवनले ४० ओभरमा ६ विकेट गुमाएर २ सय ६० रन बनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button