पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल टिम उपविजेता
काठमाडौं । दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल समग्रमा टिम उपविजेता बनेको छ । नेपालले १९ स्वर्ण, १४ रजत र २२ कांस्य जितेको आईओएफटीसी हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जानकारी दिनुभयो ।
अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीद्वारा आयोजित प्रतियोगितामा २६ स्वर्ण, २४ रजत र २३ कांस्यसाथ अमेरिका टिम च्याम्पियन बन्यो ।
डिसेम्बर २८ देखि ३० तारिखसम्म भएको प्रतियोगितामा नेपाल प्रहरी क्लबले अनुशासित टिमको उपाधि हात पार्यो ।
ब्ल्याकवेल्टतर्फ पुरुषमा नेपालका जितबहादुर बोट तथा महिलामा अमेरिकाकी बिट्रिज करिना बेलिसिना उत्कृष्ट खेलाडी चुनिए । आईओएफटीसीको २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाएका छन् । प्रतियोगितामा विभिन्न २० राष्ट्रका २ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्