तपाईँ सुन्दै हुनुहुन्छः

फुटबलको मुख्य प्रशिक्षकमा गुरुङ्ग नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फुटबलको मुख्य प्रशिक्षकमा अरुणा गुरुङ्गलाई नियुक्त गरेको छ ।

राष्ट्रिय फुटबल टिमकी पूर्व खेलाडी गुरुङ्गलाई राखेपले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि राखेपले फुटबल टिमको मुख्य प्रशिक्षकमा मिलान हाडालाई जिम्मेवारी दिएको थियो । राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिकले नवनियुक्त प्रशिक्षक गुरुङ्गलाई नियुक्तिको प्रमाण पत्र दिनुभयो ।

गुरुङ्गले देशभर रहेका फुटबल प्रशिक्षकसँग समन्वय गरेर प्रशिक्षणलाई अघि बढाउने छिन् । देशभर चलेका प्रशिक्षणलाई व्यवस्थित गर्ने, संयोजन गर्ने, योजना बनाउने र आवश्यक निर्देशन दिने काम मुख्य प्रशिक्षकको रुपमा गुरुङ्गको रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button