तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा हालसम्म १५ सय ८५ जना कोरोना सङ्क्रमण मुक्त

अछाम । अछाम जिल्लामा १५ सय बढी व्यक्ति कोरोना भाइरस (कोभिड–१९) जितेर घर फर्केका छन् ।

जिल्लामा कोरोना सङ्क्रमित १६ सय ५३ जना मध्ये १५ सय ८५ जनाले कोरोना भाइरसलाई पराजित गरी घर फर्केका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।

अछाम जिल्लामा १३ सय पुरुष र तीन सय ५३ महिला गरी गरी १६ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

हाल जिल्लामा ६३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कमा उल्लेख छ ।

अछाममा कोरोनाका कारण पाँच जनाको ज्यान मृत्यु भइसकेको छ ।

बिहीबार अछाममा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पनि पुष्टि भएको छ ।

जिल्लाको कमल बजार प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा रामारोशन गाउँपालिका वडा नम्बर ३ र ४ का ६ जना पुरुष र भएक जना महिला गरी थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।

अछाममा हालसम्म १३ हजार १ सय ४ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी परिक्षण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button