बालिकालाई हत्या गरेको आरोपमा एक जनालाई पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शिवराज नगरपालिका वडा ३ मदवा घर भएकी १६ वर्षीय दिपा रोकाको हत्या गरेको आरोपमा शिवराज नगरपालिका–४ बस्ने २० वर्षीय अल्ताफ बढाइलाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।
खोलामा माछा मार्न गएका बढाइले बालिकालाई जिस्काउँदा बालिकाले प्रतिवाद गरेकोले बालिकाको घाँटी थिचेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।
घटनास्थलमा वढाइको पर्स भेटिएको र बालिकाको मोबाइल युवकसँग फेला परेकोले थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभयो ।
गत पुस ११ गतेबाट सम्पर्क विहीन भएकी रोकाको शव दुई दिनपछि जवाई खोलामा फेला परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्