तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृति माथि हुने अतिक्रमण स्वीकार्य नहुनेः मन्त्री ढकाल

फाइल फोटो
काठमाडौँ । संस्कृति  पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले संस्कृति माथि हुने अतिक्रमण स्वीकार्य नहुने बताउनुभएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री ढकालले विदेशी शक्तिहरूले अनुदानका नाममा मौलिकता माथि हस्तक्षेप गर्न खोजे स्वीकार्य नहुने बताउनुभयो ।
मन्त्री ढकालले हाम्रो हवाई सेवा प्रभावकारी भएको कुरा युरोपेली समुदायलाई जानकारी गराई कालो सूचिबाट हटाउने प्रयत्न थाल्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री ढकालले राजनैतिक पहुँचका आधारमा नभई औचित्य र आवश्यकताका आधारमा विमानस्थलको निमार्ण र विस्तार गर्नुपर्ने बताउनुभयो ।
प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोभिडका कारण सोचे जस्तो प्रतिफल नदेखिए पनि प्राधिकरणले लकडाउनको बेला समेत हवाई सेवा मार्फत स्वास्थ्य सामग्री ल्याउने देखि विदेशमा रहेका नेपाली नागरिकको उद्धार र अत्यावश्यक सामग्रीको ओसारपसारमा सहयोग गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button