‘राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखिएको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
काँग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले आज भर्चुअल माध्यमद्वारा गरेको कार्यक्रममा उहाँले जनअधिकारको रक्षा नै मेलमिलापको मूल सन्देश रहेको पनि बताउनुभयो ।
सभापति देउवाले संसद् विघटनको कार्य अलोकतान्त्रिक रहेको टिप्पणी गर्दै संविधानको रक्षाका लागि नेपाली काँग्रेस प्रतिबद्ध रहेको पनि बताउनुभएको काँग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्