शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भित्र सरसफाइ

कञ्चनपुर । शुक्लाफाटा राष्ट्रिय निकुञ्जले आज निकुञ्ज भित्र सरसफाई गरेको छ ।
खर खडाइको समयमा निकुञ्ज गएका मानिसहरुले निकुञ्ज भित्र खाजा खाएर फालेको प्लास्टिक, बाटोमा फालेका झारपातहरुको सरसफाई गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनु भएको छ ।
सरसफाई अभियानमा मध्यवर्ती क्षेत्र विकास समिति, निकुञ्जका कर्मचारी र सेनाको छुट्टाछुटै ४ वटा टोली बनाएर सरसफाई गरिएको छ ।
निकुञ्जले पुस १० देखि पुस १५ सम्म खर खडाइ खोलेको थियो । सो अवधिमा २५ सयदेखि ३ हजार मानिस निकुञ्ज प्रवेश गरेको अनुमान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्