नेपालगञ्जमा भूमि सम्बन्धी समस्या समाधानको काम अघि बढ्यो

बाँके । भूमि सम्बन्धी समस्या समाधान आयोग र नेपालगञ्ज उप–महानगरपालिकाबिच भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नका लागि आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको उपस्थितिमा उपसचिव गोर्खबहादुर थापा र आयोगका उपसचिव राजेन्द्र अर्यालबीच सम्झौता भएको हो ।
नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले आयोगसँग सम्झौता भएपछि नगर क्षेत्रमा देखिएको भूमि सम्बन्धी समस्या समाधान हुने चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।
नगरको वडा नम्बर १९ र २० मा सबैभन्दा बढी भूमि सम्बन्धी समस्या देखिएको छ । पछि गाभिएका साबिकका गाविसमा समेत फाट्टफुट्ट भूमि सम्बन्धी समस्या देखिएका छन् । नेपालगञ्जमा आयोगसँग सम्झौता भएपछि लगत सङ्कलन एकाइ सञ्चालनको तयारी गरिएको छ ।
आयोगसँग सम्झौता भएपछि भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नका लागि उनीहरूको पहिचान, लगत सङ्कलन र प्रमाणिकीकरणको काम स्थानीय तहले गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्