तपाईँ सुन्दै हुनुहुन्छः

बाली स्वास्थ्य उपचार तथा आकस्मिक शिविरको आयोजना

बीरगंज । बालिमा विभिन्न रोग किराको प्रकोप नियन्त्रणका लागि जिल्ला कृषि ज्ञान केन्द्र पर्साले जिल्लाको छिपहरमाई गाउँपालिकाको भिष्वा, धोबनी गाउँपालिकाको लङ्गडी, ठोरी गाउँपालिकाको ढुङे बजार र पटेर्वा सुगौली गाउँपालिकाको फरदवामा बाली स्वास्थ्य उपचार तथा आकस्मिक शिविरको आयोजना गरेको छ ।

कृषि ज्ञान केन्द्र पर्साद्वारा आर्थिक बर्ष २०७७/०७८ को दोस्रो चौमासिक कार्यक्रम अनुसार गहुँ, मकै, आलु र तरकारी बालिमा लागेको डरुवा, मोजेक, सूक्ष्म तत्त्व कमी, झारपात र बाली ओइलाउने लगायतको समस्याले किसानहरू चिन्तित भएको हुँदा सोको निराकरणको लागि जिल्लाका विभिन्न चार स्थानमा बाली स्वास्थ्य उपचार तथा आकस्मिक शिविरको आयोजना गरिएको ज्ञान केन्द्र पर्साका निमित्त प्रमुख मुन्नीलाल रौनियारले बताउनुभयो ।

शिविरमा कृषि ज्ञान केन्द्र पर्साका निमित्त प्रमुख मुनिलाल रौनियारको नेतृत्वमा श्याम किशोर कुर्मी, रामकलेश साह, कुशेश्वर यादव र सुरेश चौरसिया लगायतको टोलीले बाली स्वास्थ्य उपचार तथा आकस्मिक शिविरमा रोग किराको प्रकोपको नियन्त्रणका लागि किसानहरूलाई आवश्यक सुझाव र निःशुल्क औषधी वितरण समेत गरेको जिल्ला कृषि सहकारी सङ्घ पर्साका अध्यक्ष शिव कुमार साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button