तपाईँ सुन्दै हुनुहुन्छः

वैशाखदेखि सञ्चालनमा आउँदै बाँकेको क्षेत्रीय कारागार

    
बाँके । कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बाँकेस्थित कारागार कार्यालय, क्षेत्रीय कारागार कार्यालय नौवस्ता र खुल्ला कारागार कार्यालय गनापुरको अनुगमन गर्नुभएको छ ।
अनुगमन पश्चात् कुराकानीका क्रममा महानिर्देशक द्रोण पोखरेलले आगामी वैशाख महिनादेखि बाँकेको नौवस्तामा रहेको क्षेत्रीय कारागार कार्यालय सञ्चालनमा ल्याउने योजना रहेको बताउनुभयो । पहिलो चरणमा २५० जना कैदी बन्दी स्थानान्तरण गर्ने योजना रहेको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो ।
यसै गरी महानिर्देशक पोखरेलले बाँकेको गनापुरस्थित खुल्ला कारागारको समेत अनुगमन गर्नु भएको छ । अनुगमनबाट पूर्वाधार थप गर्नुपर्ने देखिएको र खुल्ला कारागार सञ्चालन कार्यविधि बनेपछि सञ्चालनमा ल्याउने योजना रहेको पोखरेलले जानकारी दिनुभयो । खुल्ला कारागारमा दुई तिहाइ कैद भुक्तान गरिसकेका र नकारात्मक सोचाई नभएका थुनुवालाई राखिने महानिर्देशक पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button