बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ६६ बर्षीय पुरुष, कोहलपुर नगरपालिका वडा नम्बर २ का ७३ बर्षीय पुरुष र ठाकुरबाबा ९ बर्दियाकी ८५ बर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ । ती मध्ये ४५ जना बाँकेका र ७७ जना जिल्ला बाहिरका छन् ।








प्रतिक्रिया राख्नुहोस्