तपाईँ सुन्दै हुनुहुन्छः

एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा प्रवेश

दाङ । महिला प्रधानमन्त्री राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता अन्तरगत समूह ए बाट विभागीय टोली एपिएफ र लुम्बिनी प्रदेश एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् । सुरुवाती दुवै खेल हारेका समूह ए का कर्णाली र प्रदेश २ भने बाहिरिएका हुन् ।

आइतबार लमहीको देउखुरी मैदानमा भएको खेलमा एपिएफले प्रदेश २ लाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । एपिएफसँगै लुम्बिनी प्रदेश पनि एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ ।

समूह ए को अन्तिम खेलमा सोमबार पहिलो खेलमा प्रदेश २ र कर्णाली खेल्ने छन् । जुन प्रतिष्ठाको लडाई हुने छ । दोस्रो खेलमा लुम्बिनी र एपिएफ भिड्ने छन् । जसबाट समूह विजेता र उपविजेता निर्धारण हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button