तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका आधा दर्जन सरकारी कार्यालय बाँकेबाटै सञ्चालित

सुर्खेत । कर्णाली प्रदेशका आधा दर्जन सरकारी अहिलेपनि लुम्बिनी प्रदेशको बाँकेबाट सञ्चालन भईरहेका छन् ।

कार्यालय स्थानान्तरणका लागि पर्याप्त बजेट, जग्गा एवं पूर्वाधार निर्माण नगरिँदा बाँकेको नेपालगञ्जबाटै सञ्चालन हुँदै आएका हुन् ।

संघीयताको मर्म अनुसार तीन वर्ष पहिले नै ती आधिकारिक कार्यालयहरु सम्बन्धित प्रदेशमा स्थानान्तरण गरिसक्नु पर्ने थियो । तर, अहिलेपनि प्रदेशका सेवाग्राही सेवा लिन बाँकेको नेपालगञ्ज जान बाध्य छन् ।

प्रदेश सरकारका अनुसार संघीय प्रहरी इकाई कार्यालय, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सशस्त्र प्रहरी गुल्म र नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय लगायतका कार्यालयहरु हालसम्म नेपालबाटै सञ्चालित छन् ।

सुर्खेतका प्रतिनिधि कुमारी भुसालले तत्काल अन्यत्र प्रदेशमा रहेका सरकारी कार्यालय संरचना स्थानान्तरणका लागि प्रदेश सरकारले चाँडो पहल गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशका सरकारी कार्यालयहरु बाँकेमा थन्किनुको कारण प्राविधिक पक्ष रहेको बताउनुभयो । उहाँले केही वर्ष पहिले नै ती कार्यालयहरु स्थानान्तरण गरिसक्नुपर्ने भएपनि जग्गा अभाव, पूर्वाधार निर्माण, बजेट जस्ता कारणले विलम्ब हुन गएको जनाउनुभयो ।

नेपाल टेलिकम कर्णाली प्रादेशिक कार्यालयका प्रमुख अनन्तप्रकाश मल्लिकले सुर्खेतमा कार्यालय स्थापनाका लागि जग्गा अभाव भएकाले हाललाई बाँकेको नेपालगञ्जबाटै कार्यालय सञ्चालन गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button