तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड एक लाख ६९ हजारभन्दा बढी

file photo

भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २७३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड एक लाख ६९ हजार ११८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २५१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ३४३ जना पुगेको छ ।मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ४० हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८१ हजार ६६७ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ७५८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको र ३० जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ४१४ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शनिबारसम्म देशभर १६ करोड ७१ लाख आठ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button