तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको छाला र हड्डीसहित पक्राउ

डोटी। चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button