तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा थप ९० बेडको कोभिड वार्ड सञ्चालनमा

भेरी अस्पताल नेपालगन्ज, फाइल फोटो
नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा थप ९० बेडको कोभिड वार्ड सञ्चालनमा आएको छ । यसअघि ७२ बेड सञ्चालनमा रहेको भेरी अस्पतालमा कोरोनाका बिरामी बढ्दै गएपछि थप ९० बेडको कोभिड वार्ड बनाइएको हो ।
नवनिर्मित कोभिड वार्डको आज उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तबले कोभिड वार्डको उद्घाटन गर्नुभएको हो । जिल्ला समन्वय समितिको ७५ लाख र स्थानीय तहहरूको २५ लाख सहयोगमा कोभिड वार्ड निर्माण गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिनुभयो ।
भेरी अस्पतालको कोभिड वार्डमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कोभिड संक्रमित बिरामीहरूको उपचार हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button