तपाईँ सुन्दै हुनुहुन्छः

अनेकताका बीच बलियो एकता : मुख्यमन्त्री पौडेल

वाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताउनुभएको छ ।

इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले अनेकताका बीच बलियो एकताको उदाहरणका रुपमा संसारभर नेपाल परिचित छ भन्नुभयो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र भएको सन्देशमा उल्लेख छ । “क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भ्रातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु ”,मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button