तपाईँ सुन्दै हुनुहुन्छः

थप ७ सय ३९ जना कोरोना सङक्रमण मुक्त, ६ सय १३ जनामा सङ्क्रमित थपिए

काठमाडौँ । आज देशभर ७ सय ३९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ४७ हजा चार सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार ९६ दशमलव ४ प्रतिशत सङ्क्रमित सङ्क्रमण मुक्त भइसकेका छन् ।

आज ५ हजार ५ सय १० पिसिआर परीक्षण गर्दा ३ सय ८० पुरुष र २ सय ३३ महिलासहित ६ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

। योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ ।

देशभर रहेका ७ हजार ३ सय ८४ जना सक्रिय सङ्क्रमित मध्ये ३ हजार ९ सय ३३ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै गम्भिर लक्षण देखिएका २ सय ६१ जनाको आइसीयुमा र ४९ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज ५ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ८ सय ८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button