तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको कोरोना विशेष अस्पतालमा एक जना सङ्क्रमितको मृत्यु

रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा एक जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मंसिर २६ गते कोरोना सङ्क्रमण पुष्टि भएका ती पुरुष पुस ४ गते कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना भएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

सङ्क्रमित पुरुषमा उच्च रक्तचापको समस्या रहेको डा.गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button