तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से झण्डै सय अंंकले घट्यो

काठमाडौं । संसद विघटन र निर्वाचन घोषणाको असर मुलुकको सेयर बजारमा देखिएको छ । आइतबार सेयर बजारको नेप्से परिसूचक एकै दिन झण्डै सय अंंकले घटेको छ ।

आइतबार २०४६.५७ अंकमा खुलेको सेयर बजारको परिसूचक ९६.८८ अंक अर्थात ४.७७ प्रतिशतले घटेर १९३५.६४ अंकमा झरेको छ ।

आइतबार नेप्से ओरालो लागे पनि कारोबार रकम भने बढेको छ । यस दिन बजारमा १९८ कम्पनीहरुका ७९ हजार ९८७ पटकको कारोबारमा ९ अर्ब ४ करोड ७९ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

परिसूचक उच्च दरले घटे पनि आइतबारको बजारमा केही जलविद्युत र माइका्रे फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् भने केही जलविद्युत र माइका्रे फाइनान्स र माथिल्लो तामाकोसी हाइड्रोपावरका लगानीकर्ताहरुले भने उच्च घाटा ब्योहोरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button