होटल तथा पार्टी प्यालेसमा लगानी गर्न व्यावसायी आकर्षित
वीरगञ्ज । वीरगञ्जका व्यवसायीहरु अहिले होटल तथा पार्टी प्यालेसमा लगानी गर्न आकर्षित भएका छन ।
वीरगञ्जमा पाँच तारे स्तरको होटल हिमाल वाटर पार्क एण्ड भिलेज रिसोर्ट सञ्चालनमा आएसँगै वीरगञ्जमा फेरि झण्डै डेढ अर्बको लगानीमा आधा दर्जन भन्दा बढी नयाँ पार्टी प्यालेसहरु केही सञ्चालनमा आएको र केही सञ्चालनमा आउने क्रममा रहेका छन् ।
वीरगञ्जमा केही वर्ष यता विवाह, ब्रतबन्ध, सभा समारोह होटल तथा पार्टी प्यालेसमा गर्ने संस्कारको विकास भएसँगै अहिले महंगा होटल सँगै आधुनिक पार्टी प्यालेस खुल्ने क्रमले तिव्रता पाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ ब्रहमचोकमा ३५ करोडको लगानीमा ओम होटल एण्ड पार्टी प्यालेस सञ्चालनमा आएको छ । वीरगञ्जकै व्यवसायी मंयक मेहताले ८ कट्ठा जग्गामा पार्टी प्यालेस निर्माण गरेका छन् ।
यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा १५ करोडको लगानीमा परम्परा पार्टी प्यालेस सञ्चालनमा आएको छ ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा १० करोडको लगानीमा वीरगञ्ज सिटि पार्टी प्यालेस सञ्चालनमा आएको छ । वीरगञ्जका व्यवसायी सब्बाह अन्सारीकै करिब ७ कठा जग्गामा यो पार्टी प्यालेस निर्माण गर्नु भएको हो ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २ मा ६ करोडको लगानीमा लक्ष्मीनारायण पार्टी प्यालेस सञ्चालनमा छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतसाह कानु र काठमाडौंका व्यवसायी दिपक सिंहको लगानीमा सो पार्टी प्यालेस ८ कठ्ठा क्षेत्रफलमा रहेको छ ।
यता, वीरगञ्जकै वडानम्बर १६ रेल्वेरोडमा ५ करोडको लागतमा देव होटल एण्ड पार्टी प्यालेस नगवाका व्यवसायी पन्नालाल चौरसियाले सञ्चालन गर्नु भएको छ ।
त्यसैगरी, वीरगञ्ज बसपार्क नजिकै सोल्टी गार्डेन होटल एण्ड पार्टी प्यालेस सञ्चालनमा आएको छ । करिब ३ करोडको लगानीमा वीरगञ्जका ३ जना युवाहरुको संलग्नतामा सो पार्टी प्यालेस सञ्चालनमा आएको हो ।








प्रतिक्रिया राख्नुहोस्