मेलम्ची नगरपालिकाद्वारा आगलागी पीडितलाई राहत वितरण

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नं ७, पदालीका आगलागी पीडितलाई मेलम्ची नगरपालिकाले आज राहत वितरण गरेको छ ।
आजै बिहान ८ बजेतिर करेन्ट सर्ट भएर आगलागी हुँदा मद्दत गिरी र राम्जी गिरीको घरमा क्षति पुग्नुका साथै नगद तथा अन्नपात नष्ट भएको थियो ।
इलाका प्रहरी कार्यालय, मेलम्चीका अनुसार नगद पाँच लाख ५० हजार, धान ३० मुरी, कोदो १४ मुरी, तोरी एक मुरी, गहुँ चामललगायत पूर्ण क्षति भएको छ ।
नगरप्रमुख डम्बर अर्याल घटनास्थलमा पुगी पीडितहरूलाई तत्कालका लागि त्रिपाल, मण्डी, भाँडा सेट, खाद्यान्न, म्याट हस्तान्तरण गर्नुभएको नगरपालिकाका सूचना अधिकारी जितबहादुर कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्