तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा जोर बिजोर प्रणाली हट्यो

तस्बिर : जिल्ला प्रशासन कार्यालय, काठमाडौँ
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको जोरबिजोर प्रणाली पुस ३ गते शुक्रबारबाट लागु हुने गरी हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै उपत्यकामा चल्ने सबै खाले सवारी साधनहरूको जोरबिजोर प्रणाली हटाएको जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०७७/०६/०१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले  उपत्यकाभरी सवारी साधनहरू जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पछिल्लो समय विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग कारखानाहरूले जोर बिजोर प्रणालीमा सवारी सञ्चालन गर्दा आर्थिक गतिविधिमा असर पुगेको साथै यात्रुको चाप झन् बढेको भन्ने गुनासो आउन थाले पछि जोर बिजोर प्रणाली हटाइएको प्रशासनले जनाएको छ ।
साथै कोभिड संक्रमण अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ पालना गर्ने गरी सवारी सञ्चालन गर्न आग्रह समेत गरेको छ । मापदण्ड पालना नगरी सवारी साधन सञ्चालन गरेमा अनुगमन गरी सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button