तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा चिनीसहित २ लाखको अवैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले चिनीसहित २ लाख बढिको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीको कमाण्डमा खटिएको टोलीले भीमदत्त नगरपालिकाको जिमुवा, ऐरीघाट क्षेत्रबाट भन्सार छली ल्याउँदै गरेको २ लाख ५ हजार बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।

बरामद गरिएका चिनी, हार्डवयरका समान र प्लाष्टिकका डोरी आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button