तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर महानगरपालिमा विद्यालय खुले

विराटनगर। कोभिड–१९ का कारण बन्द रहेका विराटनगर महानगरपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालय आज बिहीबार बिहानबाट सञ्चालनमा आएका छन् ।

विगत ९ महिनादेखि बन्द रहेका महानगरपालिका भित्रका सबै विद्यालय आजबाट स्वास्थ्य सावधानी अपनाउँदै सञ्चालनमा आएका हुन् ।

विराटनगर महानगरपालिकाले विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय प्रशासन तथा वडा कार्यालयहरुसंग समन्वय गरी विद्यालय सञ्चालनमा ल्याएको महानगरपालिका शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले बताउनुभयो ।

विद्यार्थीलाई अनिवार्य मास्क, पन्जा प्रयोग गराउने तथा एउटा बेन्चमा दुई जना विद्यार्थी मात्र राखेर सामाजिक दुरी कायम गर्दै विद्यालय सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button