तत्काल संसद अधिवेशन बोलाउन काँग्रेसको माग
काठमाडौं । नेपाली काँग्रेसको आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले तत्काल संसद अधिबेशन बोलाउन माग गरेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले संघीय संसदको अधिबेशन अविलम्ब बोलाउन माग गरेको प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो ।
बैठकले उखु किसानको माग सुनुवाई गरी किसानलाई तत्काल बक्यौता रकम भुक्तानी गराउन सरकारका तर्फबाट आवश्यक पहल र समन्वय गर्न समेत माग गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्